काठमाडौं । चैत्र १६–१७ गते हुने प्रेस सेण्टर नेपालको आगामी अधिवेशनमा कमल गिरीलाई नेतृत्वमा ल्याउने तयारी तीव्र भएको छ । उपत्यका प्रदेशका एक जिम्मेवार पदाधिकारीका अनुसार, कमल गिरीलाई प्रेस सेण्टरको नेतृत्वमा ल्याउन काठमाडौंबाट महासंघमा निर्वाचित केन्द्रीय सदस्य सूर्य सुवेदी र अर्जुन पन्त खुलेर लागेका छन् ।
महासंघका काठमाडौं जिल्ला अध्यक्ष शोभा अर्याल र ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्कीले पनि कमल गिरीलाई समर्थन जनाइसकेका छन् ।
यसमा सबैभन्दा महत्वपूर्ण भूमिका प्रेस सेण्टर उपत्यका अध्यक्ष नवराज दाहालले खेलेका छन् । उनले महासंघमा आफ्नो समूहलाई जिताएका र गिरीकाे पक्षमा अहिले खुलेकाले केन्द्रका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ र उपाध्यक्ष तथा उपत्यका सेण्टरका इञ्चार्ज निर्मल ज्ञवाली निरुत्साहित देखिएका छन् ।
खासगरी नवराज दाहालका कारण विष्णु सापकोटा र निर्मल ज्ञवालीको समूह केन्द्रबाट बिदा लिने अवस्थामा पुगेको काठमाडौंमा चर्चा छ । त्यही क्रममा नवराज दाहाल आफैं उपमहासचिव पदमा उठ्ने तयारीमा छन् । उनलाई कोषाध्यक्ष पदमा उठ्न दबाब बढ्दै गएको भए पनि उनले उठ्ने पदमा करिब ८० प्रतिशत मत ल्याउने आँकलन गरिएको छ ।
प्रेस सेण्टर नेपालको आगामी नेतृत्व चयनमा नवराज दाहालको भूमिका निर्णायक हुने उपत्यकाका सेण्टरका ती जिम्मेवार व्यक्तिले दावी गरे ।
प्रतिकृया दिनुहोस