काठमाडाैं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीवीच एकताका लागि औपचारिक रुपमा जनमत पार्टीले निर्णय गरेको छ । र, तीन सदस्यीय वार्ता कमिटी समेत बनाएको छ । तर, नागरिक उन्मुक्ति पार्टीमा भने एकताका लागि समस्या देखिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरी एकताको पक्षमा सक्रिय रहेका छन् । अहिले पार्टीमा उनी कुनै भूमिका छैनन । तर उनी नै एकताका लागि सबैभन्दा बढी सक्रिय भएर लागेका छन् । त्यसैले, अहिले एकताका लागि विवाद पनि त्यही कारण भइरहेको छ ।
नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष तथा रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी एकताको पक्षमा देखिएकी छैनन् । उनले एकता नचाहेका कारण एक बर्षदेखि एकताको प्रयास र चर्चा जति गरे पनि टुंगो लाग्न भने सकेको छैन ।
एकताका लागि विगतमा पनि विभिन्न प्रयास भएका थिए । तर, अहिले चाहिँ औपचारिक रुपमा नै समिति बनेको छ । रेशम समूह चाहिँ एकता गरेर सीके राउतसँग मिलेर रञ्जिताको टोलीलाई दबाबमा राख्ने नीतिमा रहेकाे स्राेत बताउछ ।
रेशम र रञ्जिताको दुईवटा गुट रहेका छन् । पार्टीमा देखिएको यो गुटकै कारण श्रीमान/श्रीमती र परिवारमा समेत फाटो आएको अवस्छथा । अहिले पारिवारिक समस्या केही मत्थर भएको स्राेत बताउछ । चार जना संघीय सांसदमा ३ जना रेशमकाे पक्षमा रहेका छन् भने अध्यक्ष रञ्जिता एक्लाे सांसद रहेकीछिन् । त्यसैले नागरिक नागरिक उन्मुक्ति दलकाे समस्या अहिले पनि उस्तै रहेको छ ।
वैधानिक रुपमा विभाजनका लागि कानूनी उल्झन रहेका कारण उनीहरु एक भइराखेका हुन् । त्यही कारण पनि छिटो एकतामा जान रेशमले खोजिरहेका छन् । अनि सीके पनि उपेन्द्र यादव(७ संघीय सांसद)को भन्दा ठूलो पार्टी बन्ने सपनासहित एकताका लागि जोड दिइरहेका छन् ।
एकतापछि सीके राउतको पार्टीका ६ संघीय सांसद र नागरिक उन्मुक्तिका चार समेत १० सांसद हुने छन् । प्राविधिक रुपमा मधेशको ठूलो पार्टी १० संघीय सांसद र राष्ट्रिय स्तरमा संसदमा छैठाैं ठुलाे दल पनि बन्ने संभावना रहेको छ ।
प्रतिकृया दिनुहोस