काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध खेल्दैछ ।
नेपाली समय अनुसार यो खेल अपराह्न १२: ४५ बजेदेखि सुरु हुनेछ । यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एक-एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।
प्रतिकृया दिनुहोस