• आइतबार-चैत-१०-२०८१

सेनाद्वारा सञ्चालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न


बुटवल। मध्य पश्चिम पृतना हे.क्वा., बुटवलमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP) २०८१ फाल्गुण २५ गतेदेखि सुरु भई २८ गते सफलतापूर्वक सम्पन्न भएको छ।

 

समापन समारोहमा मध्य पश्चिम पृतनाका पृतनापति उपरथी प्रेम बहादुर पुनले कार्यक्रम सफलतापूर्वक पूरा गर्ने सञ्चारकर्मीहरूलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गर्नुभयो।

 

साथै, नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका तीनवटा एफ.एम. रेडियो स्टेसनहरूलाई प्रोत्साहन स्वरूप नगद तथा कदरपत्र प्रदान गरियो।

 

चार दिनसम्म चलेको उक्त अभिमुखीकरण कार्यक्रममा १० जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध १९ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

 

सहभागीहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीबारे जानकारी गराइनुका साथै पाल्पा दरबार सङ्ग्रहालय तथा जीतगढीको स्थलगत अध्ययन भ्रमण गराइएको थियो।

 

नेपाली सेनाले यस प्रकारको कार्यक्रम सञ्चारकर्मीहरूलाई सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता र शीघ्रता प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

 

प्रतिकृया दिनुहोस