• बिहीबार-फाल्गुण-२९-२०८१

काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा वर्षा

 

काठमाडौँ, २८ फागुन : काठमाडौँ उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । 

 

हाल गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको र पहाडी क्षेत्रहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

काठमाडौँमा पनि गड्याङ्गुडुङसहित अहिले वर्षा भइरहेको छ । ती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । अहिले राति वर्षा भएकाले उपत्यकामा दैनिकी सकेर घर तथा फर्कन लागेका नागरिकहरू प्रभावित भएका छन् ।

 

आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

 

साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षा भएपछि उपत्यकामा चिसो महसुस गरिएको छ । विगत केही दिनदेखि नेपालमा मौसम बदली भएको थियो । जसका कारण आज हवाई उडानसमेत प्रभावित भएको थियो । 
---

 

प्रतिकृया दिनुहोस