पेट सफा भएन भने पाचनका अनेक समस्याहरु आइपर्छन् । खानपानले नै शरीरको स्वास्थ्यको मापन गरेको हुन्छ । त्यसैले पेटको स्वास्थ्य स्वस्थ जीवनका लागि अपरिहार्य हुन्छ । केही यस्ता घरेलु पेय पदार्थ निर्माण गर्न सकिन्छ जसले शरीलाई विषाक्तरहित बनाउनका साथै छालामा निखार ल्याउने र पाचन सुधार्ने कामसमेत गर्दछ ।
सुन्तला र दालचिनी : सुन्तला र दालचिनी मिसाएर जुस बनाएर पिउन सकिन्छ । यसमा भिटामिन सी प्रशस्त मात्रामा हुने गर्दछ जसले शरीरलाई हाइड्रेट राख्नुका साथै रगतमा सुगरका मात्रा पनि नियन्त्रित गर्दछ ।
काँक्रा र पुदिना : काँक्रा र पुदिनाको जुस बनाएर पिउँदा पेटलाई आराम मिल्छ । यसले शरीरबाट विषाक्त तत्व बाहिर निकाल्न मद्दत गर्नुका साथै तौल घटाउन पनि राम्रो भूमिका खेल्छ ।
अमला र दालचिनी : अमला र दालचिनीको पेयपदार्थ बनाएर पिउन सकिन्छ । यसल पाचन राम्रो बनाउन र पेट सफा राख्न मद्दत गर्दछ ।
ग्रीन टी र कागती : यसले पेट सफा राख्नुका साथसाथै मेटाबोलिज्म बढाउन र तौल घटाउन मद्दत गर्छ ।
यी घरेलु डिटक्स ड्रिंक्सको नियमित सेवनले पेट सफा राख्ने, उर्जा बढाउने र दिनभर ताजा र चुस्त राख्न मद्दत गर्दछ । यी जुसले पाचन राम्रो बनाएर ग्यास र कब्जियतको समस्या पनि कम गर्दछ । (साँघु साप्ताहिक, २०८१ फागुन २६)
प्रतिकृया दिनुहोस