• बुधबार-फाल्गुण-२८-२०८१

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

 

काठमाडौँ, २७ फागुन : स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

 

सोमबार प्रतितोला रू एक लाख ७० हजार चारसयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, आज एक तोला चाँदी रु एक हजार नौ सय ७० मा किनबेच हुनेछ ।

 

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । –––

 

 

प्रतिकृया दिनुहोस