• बिहीबार-फाल्गुण-२२-२०८१

प्रेस सेन्टरको सम्मेलन : नयाँ नेतृत्वका लागि समूहगत प्रतिस्पर्धा

प्रेस सेन्टरका अध्यक्षका उम्मेदवार कमल गिरी / लक्ष्मण खड्का

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको राष्ट्रिय सम्मेलन २०८१ चैत १५ र १६ गते काठमाडौंमा हुँदैछ । माओवादी केन्द्र निकट पत्रकारहरूको छाता संगठनका रूपमा रहेको प्रेस सेन्टरले यो सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नेछ । यस सम्मेलनलाई पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व प्रतिस्पर्धाको रूपमा पनि हेरिएको छ ।

 

अहिलेसम्म दुई जना उम्मेदवार अध्यक्ष पदका लागि प्रतिस्पर्धामा देखिएका छन् । प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरीले आफू नै आधिकारिक उम्मेदवार भएको दावी गरेका छन् । अध्यक्ष प्रचण्डले प्रेस सेण्टरका अध्यक्ष विष्णुप्रसाद सापकोटालाई गिरीलाई जिताउने जिम्मेवारी दिएकाे  प्रेस सेन्टर स्राेत बताउछ ।

 

 संस्थापन पक्ष इतर देखा पर्दै आएका माओवादी केन्द्रका शक्तिशाली, प्रभावशाली नेता कमरेड जनार्दन शर्माको पक्षबाट लक्ष्मण खड्का अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेकाे प्रेस सेन्टरका पत्रकारहरू बताउछन् ।

 

माओवादी केन्द्रसँग सम्बन्धित अन्य संगठनहरूको नेतृत्व चयनमा जसरी विभिन्न गुटहरूबीच प्रतिस्पर्धा हुने गरेको छ, त्यसरी नै प्रेस सेन्टरको सम्मेलनमा पनि आन्तरिक शक्ति सन्तुलनको प्रभाव देखिएको छ । भाैतिक र गृह मन्त्री हुँदा पनि  पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट भएर काम गरेर  चिनिएका कमल गिरी नेतृत्वका लागि अग्रसर छन् भने पूर्व गृहमन्त्री जनार्दन शर्मा समूहले लक्ष्मण खड्कालाई अघि सारेको छ । अध्यक्ष प्रचण्डले साेपानमा गिरीलाई अगाडि सार्न मातहतमा निर्देशन दिएकाे प्रेस सेन्टरका पत्रकारहरू बताउछन् ।

 

यो प्रतिस्पर्धा पत्रकारहरू बिचमा र केवल संगठनको नेतृत्व परिवर्तनको मात्र नभई माओवादी केन्द्रको आन्तरिक शक्ति सन्तुलनको पनि संकेत मानिन्छ । जनार्दन शर्मा पार्टीभित्र एक प्रभावशाली नेता मानिन्छन्, जसले विभिन्न समयमा आफ्नो छुट्टै गुट निर्माण गरेर शक्ति प्रदर्शन गर्दै आएका छन् । अर्कोतर्फ, पार्टी अध्यक्ष प्रचण्ड निकट समूहले भातृ संगठनहरूमा जसरी र जुनसुकै मूल्यमा पनि आफ्नो पकड बलियो बनाउन चाहेको देखिन्छ ।

 

वास्तविक रूपमा कतिपय पत्रकारहरूले प्रेस सेन्टरले पत्रकारिता क्षेत्रमा क्रियाशील र  पेशागत हितभन्दा बढी पार्टी राजनीतिलाई प्राथमिकता दिने गरेको आरोप लगाउने गरेका छन् । पार्टीभित्रका शक्ति सन्तुलन र विवादहरू यस संगठनमा प्रत्यक्ष रूपमा परिलक्षित हुने गरेका छन् । 

 

वास्तविक पत्रकार  र  कुनै मिडिया नभए पनि प्रेस सेन्टर जस्ताे संगठनकाे नेतृत्वमा पुगेर  नेताहरूकाे निकट बन्न रहर गर्नेहरू बिच प्रतिस्पर्धा हुने अवस्था छ । यसरी रहरमा  नेतृत्व चयनपछि संगठनको भविष्य कस्तो बन्छ भन्ने चासो  प्रेस सेन्टरका वास्तविक कलमजीवी पत्रकार समुदायमा रहेको पाइन्छ ।

प्रतिकृया दिनुहोस