• मंगलबार-फाल्गुण-२०-२०८१

पाकिस्तानी फुटबलमाथिको प्रतिबन्ध फुकुवा

 

काठमाडौँ । विश्व फुटबल फेडेरेसन (फिफा) ले पाकिस्तानी फुटबलमाथि लगाएको प्रतिबन्ध हटाएको छ । फेब्रुअरी ६ मा लगाएको प्रतिबन्ध हटाएपछि पाकिस्तान यस महिनाको अन्त्यतिर एसियाली कप छनोटको लागि समयमै अन्तर्राष्ट्रिय फुटबलमा पुन: सामेल हुने भएको छ ।

 

फिफाले आफ्नो संविधानमा गरेको सिफारिस संशोधनलाई अस्वीकार गरेपछि पाकिस्तान फुटबल संघ गत महिना आठ वर्षभन्दा कम समयमा तेस्रो अन्तर्राष्ट्रिय निलम्बनको शिकार भएको थियो ।

 

पाकिस्तान फुटबल फेडेरेसनले गत हप्ता लाहोरमा साधारण सभामा २०२७ एसियाली कपको लागि छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्न योग्य हुन समयमै सुधार गर्ने पक्षमा मतदान गरेपछि फिफाले प्रतिबन्ध फुकुवा गरेको हो । पाकिस्तानले मार्च २५ मा सिरियाविरुद्ध एशियन छनोटको समूह ई अन्तर्गतको खेलमा खेल्दै छ ।

 

पाकिस्तान फुटबल फेडेरेसनले प्रतिबन्ध फुकुवा भएपछि भनेको छ- 'हामी फिफा र (एसियाली फुटबल कन्फेडेरेसन) लाई पाकिस्तान फुटबललाई निरन्तर समर्थन गरेकोमा धन्यवाद दिन्छौं र पाकिस्तान फुटबल समुदायलाई हार्दिक बधाई दिन्छौं ।'

 

एएफसीले पहिले २०२७ एसियाली कप छनोटमा भाग लिन अनुमति दिन मार्च ४ सम्ममा प्रतिबन्ध हटाउनु पर्ने यस अघि जानकारी दिएको थियो ।
 

प्रतिकृया दिनुहोस