• मंगलबार-फाल्गुण-२०-२०८१

बङ्गलादेशको राजधानीको एक होटलमा आगलागी हुँदा ४ जनाको मृ*त्यु


ढाका, १९ फागुन (रासस/सिन्ह्वा) : बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको भीषण आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । 

 

छ तले भवनको पहिलो तल्लामा दिउँसो १२ः३१ बजे आगलागी भएको मिडिया सेलका निमित्त प्रवक्ता तल्हा बिन जाशिमले जानकारी दिनुभयो । उहाँले दिउँसो १ः०४ बजेतिर दमकलका धेरै युनिटले आगो नियन्त्रणमा लिएको बताउनुभयो ।

 

अधिकारीका अनुसार होटलका पाहुना र कर्मचारीहरूले भाग्ने प्रयास गरे । “दोस्रो तलाको बाथरूमबाट एकजनाको शव र पाँचौं तलामा छततर्फ जाने सिँढी नजिकै तीनजनाको शव भेटिएको हो ।” बाक्लो धुवाँको मुस्लो परेपछि अधिकांश पीडितको निसास्सिएर मृत्यु भएको उहाँले बताउनुभयो । उद्धारकर्मीहरुले घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरेको हो ।

 

आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
---

प्रतिकृया दिनुहोस