• मंगलबार-फाल्गुण-२०-२०८१

मकवानपुरको मनहरीमा सवारी दुर्घटना, एक युवकको मृत्यु

 

मकवानपुर । पूर्व–पश्चिम राजमाग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । 

 

सोमबार मनहरी–७, मनहरी पुलमा चितवन तर्फबाट हेटौडातर्फ आउँदै गरेको ना १६प३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना६ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक चितवन रत्ननगर–१६ पिठुवाका ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् भने मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय निम बहादुर थापाको ज्यान गएको हो । टाउकोमा गम्भीर चोट लागेका थापाको उपचारको क्रममा मनहरी अस्पतालमा ज्यान गएको जनाइएको छ ।

 

मोटरसाइकल चालकलाई थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीको जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई मनहरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यता घटनाको विरोधमा मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र मान्छे मार्न पाइँदैन भन्दै सडक जाम गर्दै, घटनामा संलग्नलाई कारबाहीको माग राखि जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि पूर्व–पश्चिम राजमाग अवरुद्ध पारेका थिए । अवरुद्ध सडक करिब एक घण्टा ४५ मिनेटपछि खुलेको थियो ।  
 

 

प्रतिकृया दिनुहोस