• बुधबार-फाल्गुण-१४-२०८१

यस्तो छ म्यान्मारविरुद्ध फाइनल खेल्ने नेपाली लाइन अप

 

काठमाडौ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको म्यान्मारविरुद्ध फाइनल खेलको नेपाली लाइन अप सार्बजनिक गरिएको छ । आजको खेलमा सावित्रा भण्डारी साम्बा, सबिता राना मगर र रेखा पौडेलले फरवार्डको जिम्मेवारी सम्हाल्ने छन् ।

 

म्यान्मारविरुद्धको नेपाली टिममा अन्जिला सुब्बा (गोलकिपर), समिक्षा घिमिरे, गीता राना, बिमला विक, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, सरु लिम्बुसहित सबिता, सावित्रा र रश्मी रहेका छन् ।

 

आज साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन् । फिफा वरियतामा ५५औ स्थानमा रहेको बलियो टिम म्यान्मारलाई लिग चरणमा रोकेको नेपाली टिम फाइनलका लागि उत्साहित देखिएको छ ।

प्रतिकृया दिनुहोस