स्वस्थ रहनको लागि शरीरका सबै अंगहरूले राम्रोसँग काम गर्नु महत्वपूर्ण हुन्छ । स्वस्थ रहनको लागि कलेजोको स्वास्थ्य राम्रो हुनु पनि महत्वपूर्ण छ । कलेजो राम्रो अवस्थामा छैन भने यसले हार्मोनल स्वास्थ्यमा नराम्रो असर पार्छ । कलेजोलाई स्वस्थ राख्न धेरै केही यस्ता चिज छन्, जुन फाइदाजनक छन् । हो, यस्तै चिजमा किसमिस पनि पर्छ ।
विषाक्तरहित बनाउन : खराब खानपान बानीका कारण कलेजोमा विषाक्त पदार्थ जम्मा हुन्छन् । यस्तो अवस्थामा किसमिस खानाले कलेजोलाई डिटोक्सिफाइ गर्न मद्दत गर्छ । किसमिसमा पोलिफेनोल र एन्टिअक्सिडेन्ट हुन्छ, जसले कलेजोबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ । यसले कलेजोमा अक्सिडेटिभ तनाव कम गर्न पनि मद्दत गर्छ ।
कलेजोको इन्जाइमलाई नियमन गर्छ : खाना पाचनको क्रममा कलेजोले इन्जाइमहरू उत्पादन गर्छ, जुन मेटाबोलिज्मको लागि आवश्यक हुन्छ । यस इन्जाइमको अत्यधिक उत्पादनले मेटाबोलिज्मलाई पनि हानी पु¥याउँछ । किसमिसमा पाइने प्राकृतिक यौगिकहरूले कलेजोमा इन्जाइमको स्तर कायम राख्न मद्दत गर्छ । यसले मेटाबोलिज्म बढाउन मद्दत गर्दछ ।
बोसो जम्मा हुन दिँदैन : अस्वस्थकर खानपान र जीवनशैलीका कारण आजकल मानिसहरूमा फ्याटी लिभरको समस्या देखिन थालेको छ । यस्तो अवस्थामा किसमिस खानु फाइदाजनक हुन सक्छ । किसमिसको सेवनले कलेजोमा रहेको बोसो कम गर्छ र फ्याटी लिभर समस्याको जोखिम कम गर्छ ।
पाचन सुधार गर्छ : कलेजो स्वस्थ छैन भने पाचनमा नराम्रो असर पर्न सक्छ । त्यसैले, पाचन सुधार गर्न, कलेजो स्वस्थ रहनु महत्वपूर्ण हुन्छ । किसमिसको सेवनले पाचन शक्ति राम्रो हुन्छ । यसमा फाइबर हुन्छ, जसले पाचनमा मद्दत गर्छ ।
एन्टीइन्फ्लामेटरी गुण हुन्छ : खराब खानपान बानीका कारण कलेजोमा संक्रमणको जोखिम पनि हुन्छ । किसमिसमा एन्टी–इन्फ्लामेटरी गुणहरु हुन्छ जसले कलेजोको कोषहरूलाई क्षतिग्रस्त हुनबाट जोगाउँछ । यसले कलेजो क्षति र कलेजोसँग सम्बन्धित समस्याहरूको जोखिम पनि कम गर्छ ।
रातभरि किसमिस भिजाएर बिहान खाँदा कलेजोलाई विषाक्तरहित गर्न मद्दत गर्छ र समग्र स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । तर कुनै स्वास्थ्य समस्याको लागि औषधि लिइरहेको अवस्थामा भने चिकित्सकको सल्लाह लिनु पर्दछ । (साँघु साप्ताहिक, २०८१ फागुन १२)
प्रतिकृया दिनुहोस