• बुधबार-फाल्गुण-१४-२०८१

अमेरिकासँग खनिज सम्झौता गर्न युक्रेनको सहमत, जेलेन्स्की ट्रम्प भेट्न जाँदै

 

वासिंगटन डिसी । अमेरिका र युक्रेन दुर्लभ खनिज र अन्य प्राकृतिक स्रोतहरूमा पहुँच आदान प्रदान गर्ने सम्झौतामा पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसबारेमा जानकारी दिएका हुन् ।

 

मंगलबार ह्वाइट हाउसमा ट्रम्पले युक्रेनसँग  प्राकृतिक स्रोतहरू विकास गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग सम्झौता गर्दैछन् भन्ने चर्चा परिचर्चाका बिचमा यो पुष्टि गरेका हुन् । ‘उनी शुक्रबार आउँदैछन् भन्ने सुनेको छु, निः सन्देह यो साथ ठीक छ । यदी उनी मसँग सँगै हस्ताक्षर गर्न चाहन्छन् र म बुझ्छु यो ठूलो सम्झौता हो, धेरै ठूलो सम्झौता हो,’ ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने।

 

ट्रम्पले युक्रेनसँग हुने यो सम्झौता १ ट्रिलियन डलरको हुन सक्ने संकेत गरेका छन । र, यसअघि युद्दको नाममा यसै दिइएको अमेरिकी करदाताहरूको रकम अब फिर्ता पाउने सुनिश्चित गर्नका लागि पनि यो सम्झौता गरिन लागेको बताए । ‘हामी रुस र युक्रेनमा कहिल्यै नहुनु पर्ने, कहिल्यै गर्नु नपर्ने युद्ध लड्न सयौं बिलियन डलर खर्च गरिरहेका छौं,’ ट्रम्पले भने ।

 

प्राकृतिक स्रोत माथी पहुँचका अमेरिकाले पाउने भए पछि कीभले बदलामा के पाउने भनेर सोध्दा ट्रम्पले भने, ‘३५० बिलियनको सहायता पाउने छन्, जो सैन्य उपकरण र अन्य जे पनि हुन सक्छ ।’ अमेरिकी कंग्रेसले २०२२–२०२४ को बीचमा युक्रेनका लागि १७४ बिलियन डलर विनियोजन गरिसकेको थियो, जो कंग्रेसनल रिसर्च सर्भिसले जनाइसमेत सकेको छ ।

 

ट्रम्पको टिप्पणीले मिडिया रिपोर्टहरूमा आएको थियो कि जेलेन्स्कीले अमेरिकाको अघिल्लो मस्यौदालाई अस्वीकार गरेका थिए । अमेरिका र युक्रेनले ५००  बिलियनको प्राकृतिक स्रोतहरूको अधिकारमा हस्ताक्षर गर्ने भन्ने थियो। तर, त्यसको अझै पुष्टी हुन सकेको छैन ।

 

युक्रेन अमेरिकासँग आफ्नो देशको महत्वपूर्ण खनिज सम्झौता गर्न सहमत भएको छ । संयुक्त रूपमा स्रोतहरूको अन्वेषण गर्ने सम्झौताले ट्रम्प प्रशासनसँग सम्बन्ध सुधार हुने युक्रेनले अपेक्षा गरेको छ । युक्रेनी अधिकारीहरूले अमेरिकासँग तेल र ग्याससहितको खनिज स्रोतहरूको संयुक्त रूपमा विकास गर्ने सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । रुससँग तीन वर्षको युद्धपछि युक्रेनको सम्भावनालाई बलियो बनाउन अमेरिकासँगको सम्बन्धलाई विस्तार गर्ने तरिकाको रूपमा सम्झौतालाई लिइएको छ ।

 

‘खनिज सम्झौता तस्विरको अंश मात्र हो। हामीले अमेरिकी प्रशासनबाट धेरैपटक सुनेका छौं कि यो ठूलो तस्वीरको अंश हो,’ युक्रेनका उपप्रधानमन्त्री र न्यायमन्त्री ओल्हा स्टेफानिसिनाले भनेका छन् । युक्रेनी अधिकारीले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार डोनाल्ड ट्रम्पलाई भेट्न र सम्झौतालाई औपचारिकता दिन वाशिंगटन जाने भएका छन् । 

प्रतिकृया दिनुहोस