काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक बुधबार दिउँसो १ बजेदेखि पार्टी कार्यालय आलोकनगरमा सुरू भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिबारे निर्णय लिने भएको छ ।
बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायतका पदाधिकारी रहेका छन् । केही दिनअघि मात्रै एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बसेको थियो ।
प्रतिकृया दिनुहोस