• मंगलबार-फाल्गुण-१३-२०८१

राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न मंगलबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकका अनुसार अधिक तरलता व्यवस्थापन गर्न बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट २५ अर्ब रुपैयाँ तान्न लागेको र आजै मंगलबार फागुन १३ गते २२ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । 

 

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

 

साँवा र ब्याज भुक्तानी मिति भने चैत ६ गते निर्धारण गरिएको र यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
 

 

 

प्रतिकृया दिनुहोस