• शनिबार-फाल्गुण-१०-२०८१

प्रजातन्त्र दिवसमा निःशुल्क मुटु परीक्षण

 

महोत्तरी, ९ फागुन : राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बर्दिबासस्थित रोटरी क्लबले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा बर्दिबास नगरक्षेत्रका विद्यालयका छात्रछात्राको मुटु परीक्षण गरेको छ ।

 

बिहीबार सम्पन्न शिविरमा नगरका ११ विद्यालयका पाँच हजार ६७८ छात्रछात्राको मुटु परीक्षण गरिएको थियो । वरिष्ठ हृदयरोग विशेषज्ञ डा अवनीभूषण उपाध्याय, डा प्रेमराज वैद्य र डा प्रकाशराज रेग्मीसहितको १५ सदस्यीय टोलीले शिविर सञ्चालन गरेको हो ।  

 

सामाजिक सेवा समाजका हरेक वर्गको दायित्व भएको स्मरण गराउँदै डा उपाध्यायले त्यही दायित्व निर्वाह गर्ने सिलसिलामा आफूहरुले शिविर सञ्चालन गरेको बताउनुभयो । 
–––

 

 

प्रतिकृया दिनुहोस