• बिहीबार-फाल्गुण-१-२०८१

ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ४० हजार ठगी, एक महिला पक्राउ

 

काठमाडौं । वैदेशिक रोजगारीमा ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

 

पक्राउ पर्नेमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ झ्यालबास घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने ३० वर्षीया रोश्मी सोती छिन् ।

 

उनलाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ४० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयले जनाएको छ । रकम लिएपछि सम्पर्कविहीन भएकी रोश्मीको खोजीका लागि पीडितले निवेदन दिएका थिए ।

 

अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बनस्थलीबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिकृया दिनुहोस