पोखरा । नेपाल पुलिस क्लब २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
बुधबार पोखरा रंगशालामा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै पुलिस क्लव २४ औं संस्करणको उपाधि नजिक पुगेको हो ।
पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली मध्ये एक हो । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेको छ । पुलिस पछि मनाङ सर्वाधिक १० पटक फाइनल खेल्ने टोली हो ।
पुलिसले थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।
प्रतिकृया दिनुहोस