काठमाडौं । इन्टरनेसनल च्याम्पियन्स लिगअन्तर्गत प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको छ । रियलले सिटीकै मैदानमा बुधबार बिहान राति ३-२ गोलको रोमाञ्चक जित निकालेको हो ।
इत्तिहाद रंगशालामा रियलका लागि किलियन एमबाप्पे, ब्रहिम डियाज र जुड बेलिङ्घमले गोल गरेका थिए। सिटीका दुवै गोल एर्लिङ हालान्डले गरेका थिए । खेलमा सिटीले सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा रियलले रोमाञ्चक जित दर्ता गर्यो ।
खेलको १९औं मिनेटमा हालान्डको गोलमार्फत् सिटीले अग्रता लिएको थियो । ६०औं मिनेटमा एमबाप्पेले रियललाई बराबरीमा ल्याएका थिए । तर, हालान्डले ८०औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा सिटी २-१ ले अगाडि बढेको थियो । त्यसको ६ मिनेटमै रियलका डियाजले बराबरी गोल गरे ।
इन्जुरी समयमा बेलिङ्घमले गोल गर्दै रियललाई ३-२ को पुनरागमन जित दिलाएपछि सिटी स्तब्ध बन्न पुग्यो । यो जितसँगै साबिक बिजेता रियलको च्याम्पियन्स लिगमा सम्भावना बलियो बनेको छ । अब दोस्रो लिगमा रियलले घरेलु मैदानमा खेल्ने छ ।
प्रतिकृया दिनुहोस