बीपी कोईरालादेखि नानी मैया दाहालसम्म: नेपालको राजनीतिक परिर्वतनको अज्ञात नायकहरू
नानी मैयाँकाे जित-‘पंचायती व्यवस्थाको ताबूतमा काँटी ठोकिएको’ जस्तो....
ठुलाबडाका इतिहास लेखनको होडमा, थोरै भएपनि सामान्य देखिने तर ‘गेम चेंजर’ हरूको स्थान सुरक्षित रहनु पर्दछ। यो एक अपेक्षामात्र हो।
बाराणसीको मेहबूरगंजमा रहनु भएका गिरिजा प्रसाद कोईराला, सुशील कोईराला तथा चक्र बास्तोलाहरूका माझ बीपीको एक संक्षिप्त सन्देश पुगेको थियो। र, त्यहाँ चर्चा भयो, “कस्तो हुनेछ यो रेफरेण्डम?” उहाँहरूले जनमत संग्रह भनेरै बुझ्नु भएको थियो।
लगत्तै राजा वीरेन्द्रबाट ‘सुधार सहितको पंचायती व्यवस्था’ वा ‘बहुदलीय व्यवस्था’ छान्नका लागि आम नेपाली जनताका सम्मुख “जनमत संग्रह” हुने घोषणा वि.सं २०३७ मा गरियो। बीपीको यो सन्देश ऐतिहासिक विद्यार्थी आन्दोलनको क्रममा राजाबाट गरिएको थियो । मेरो बिचारमा त्यो शाही घोषणा अप्रत्याशित थिएन।
कट्टरपंथी पंचहरूको अपरिवर्तनीय सोचबाट मुलुकलाई निकास दिन राजाले यत्रा कदम चालेका थिए। यद्यपि, यो अपेक्षित परिणाम दिइन। परिवर्तनका लागि चालिने हरेक कदम सही परिणाम दिने ग्यारेन्टी हुँदैन।
जनमत संग्रहमा थोरै मतको अन्तरले ‘बहुदलीय व्यवस्था’(२० लाख वहुदल पक्ष, २४ लाख पञ्चायत) पराजित भयो। नेपाली काँग्रेसले बहुदलको पक्षमा प्रचार गरेको थियो। केही साना वामपंथी समूहहरू र अरू पनि बहुदलको पक्षमा देखा परेका थिए ।
आजको एमाले त्यतिबेला माले नामबाट भूमिगत थिए, र तिनीहरूले जनमत संग्रहलाई बहिष्कार गरेका थिए। आज यस बारेमा चर्चा कम भएको छ, तर त्यो समय यो विषय गंभीर बहसको केन्द्रीकरण थियो कि मालेले जनमत संग्रह बहिष्कार गरेर अप्रत्यक्ष रूपमा पंचायती व्यवस्थालाई समर्थन गरेको हो ।
बीपी कोईरालाले जनमत संग्रहकाे परिणाम स्वीकार्नु भयो, र त्यसको परिणामका साथ पनि आफूलाई सामञ्जस्यपूर्ण राख्नु भयो। गणेशमान सिंहले भने, परिणामलाई स्वीकार गरेनन्। उनले कालो ओढेर आफ्नो तस्विर सहितको पोष्टर छपाएर जनमत संग्रहमा धाँधली भएको र पंचायती व्यवस्थालाई जथाभावी जिताइएको आरोप लगाए। गणेशमानजीको यो धारणा तेस बेला निकै लोकप्रिय बनेकाे थियो।
बीपी कोईरालाले गणेशमानजीसँग एक प्रश्न राख्नु भयो: “२०१५ सालको पहिलो आम निर्वाचनमा संसदमा चार सीट जित्ने कम्युनिष्टहरू, जो आज संगठनात्मक रूपमा बढी बलिया पनि छन्, के उनीहरू बालिग मताधिकारको आधारमा भएको जनमत संग्रहमा बहुदलको पक्षमा चार लाख मत पनि थप्न सक्थे त ?” बीपीको स्पष्ट मत थियो, “बहुदलको पराजयमा तत्कालीन प्रधानमन्त्री सूर्य बहादुर थापाले गरेको धाँधली देखिने कुरा हो, जबकि मालेको पंचायतसँगको सहकार्यले बहुदलको पराजयमा कुनै भूमिका देखिएको छैन ।”
बीपीको आशंका पछि प्रमाणित भयो, जब पंचायती व्यवस्थाअन्तर्गत राष्ट्रिय पंचायतको निर्वाचनमा वामपंथी कम्युनिष्टहरूले खुला रूपमा जनपक्षीय उम्मेदवारहरूको समर्थन गरे। यो उदाहरण हामीलाई सम्झाउँछ कि वामपंथीहरूले पंचायती व्यवस्थालाई अप्रत्यक्ष रूपमा सघाएका थिए ।
बीपीको त्यो आशंका पछि गएर पुष्टि भयो, जब पंचायती व्यवस्था अन्तर्गत भएको राष्ट्रिय पंचायतको निर्वाचनमा वामपंथी कम्युनिष्टहरूबाट खुला रूपमा समर्थित जनपक्षीय भनिएका जागृत प्रसाद भेटवाल र भीमबहादुर श्रेष्ठ चितौनबाट, द्रोणाचार्य क्षेत्री झापाबाट तथा केही अरूहरू पनि बिजयी हुनु भयो ।
मैले यति मात्र स्मरण गरेको हुँ कि-“तेस बेला कम्युनिष्टहरूले पंचायती व्यवस्थालाई सघाएका थिए। सत्य यही हो । यद्यपि, यहाँ यस सानो आलेखमा मैले उठाउन खोजेको मूल बिषय भने यो होईन। बिट मारौं !
यद्यपि, यो लेखको मुख्य उद्देश्य त्यो होइन। कुरा के हो भने, पंचायती व्यवस्थाअन्तर्गत भएको राष्ट्रिय पंचायत चुनावमा बहुदलको पक्षका जनपक्षीय प्रतिनिधिहरू पनि विजयी भए। झापाबाट पुहातु चौधरी, मोरङबाट उमेशजंग थापा, सप्तरीबाट गजेन्द्र नारायण सिंह, सर्लाहीबाट रामनारायण सिंह-लक्ष्मी सिंह, मकवानपुरबाट रूदाने रूपचन्द्र विष्ट, काठमांडूबाट नानी मैया दाहाल र अन्य प्रतिनिधिहरूको नाम उल्लेख गर्न सकिन्छ।
पंचायती व्यवस्था खलबलियो। रामनारायण सिंहलाई थुनिएका थिए । उहाँकी श्रीमती लक्ष्मी सिंह जित्नु भयो। भीमबहादुर श्रेष्ठलाई सिंहदरबार भित्र ग्यालरी बैठकमा कुटपिट गरियो। गजेन्द्र नारायण सिंहलाई धोती लगाएको कारण रा.प.स.को शपथ ग्रहण गर्न दिइएन। यो सब घटनाले भनेन, नानी मैया दाहालको पृष्ठभूमि फरक थियो। उहाँको उम्मेदवारीमा प्रजातन्त्रको पक्षमा वयापक संघर्ष थियो।
आजको राजनीतिमा यी कथाहरू र पात्रहरूको योगदानलाई सम्मान दिइरहनु पर्ने कुरा मात्र होइन, जसले पंचायती व्यवस्थाको विरोध गर्दै देशमा परिवर्तनका लागि संघर्ष गरेका थिए। यस्ता पात्रहरूको इतिहासलाई पुरा रूपमा लेख्ने काम अवश्य गर्नुपर्छ। यद्यपि, आजको राजनीति र स्थापित नायकहरूको छायाँले यस्ता स्मृतिहरूलाई लेखनीमा रूपान्तरण गर्न अवसर दिन सक्दैन।
मैया दाहाललाई सम्झना गर्नेले सम्झनेछन् कि राष्ट्रिय पंचायत सदस्यमा तपाईंको जित ‘पंचायती व्यवस्थाको ताबूतमा काँटी ठोकिएको’ जस्तो थियो। नानी मैयालाई देखेर हाँस्नेहरू पनि थिए, झस्किनेहरू पनि, र जनता परिवर्तनको आभास पाउँथे।
नानी मैया, बैकुण्ठ बास सुनिश्चित होस्। 🙏
नानी
Jay Prakash Ananda
(फेसबुकबाट सम्पादित)

प्रतिकृया दिनुहोस