• बुधबार-माघ-३०-२०८१

झापामा आफ्नै घरभित्र एक महिलाको शव फेला


दमक (झापा), ३० माघ : झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मङ्गलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिनुभयो । 


सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पु¥याएको थियो । 

 

गङ्गाकुमारीका श्रीमान भारतमै बस्दै आउनुभएको वडाध्यक्ष आङ्गबोले बताउनुभयो । घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ ।
––––

प्रतिकृया दिनुहोस