• शनिबार-माघ-२६-२०८१

पाँच करोड पर्ने ढुंगा दिन्छु भन्दै ठगी गर्ने दुई युवती र एक युवक प क्रा उ

पोखरा । बहुमुल्य टल्किने ढुंगा दिन्छु भन्दै मोटो रकम ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् । पाँच करोड मूल्यको टल्किने ढुंगा दिन्छु भन्दै १३ लाख रूपैयाँ ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका हुन् ।


गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त आरोपमा पर्वत फलेवास नगरपालिका ५ घर भई हाल पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३१ वर्षकी ईन्दिरा विक, सोही ठाउँका ३६ वर्षीय राजन विक र खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ की २७ वर्षकी जुनु भन्ने लक्ष्मी राईलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।


प्रहरीले ईन्दिरा विक र राजन विकको कोठाबाट सेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान बरामद गरेको छ भने विभिन्न बैंकका ३१ लाख बराबरकाचार थान चेक र मोबाइल चार थान समेत बरामद गरेको छ ।

 

प्रहरी निरीक्षक जिसीका अनुसार उनीहरुले आफूलाई पांच करोड मूल्य पर्ने टल्किने ढुंगा दिने प्रलोभन दिएर १३ लाख रुपैयाँ ठगी गरेको भन्दै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएकी थिइन् ।


पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस