काठमाडौं, २६ माघ । अहिलेको समयमा ‘टी ब्याग’ को चलन निकै बढेको छ । सामान्य चियापसलदेखि होटलसम्म सबै ठाउँमा टी-ब्यागबाट चिया दिने गरिएको छ ।
तर, भर्खरैको अनुसन्धानले पत्ता लगाएको छ कि टी- ब्यागमा लाखौं हानिकारक माइक्रो प्लास्टिकहरू हुन्छन्, जसले क्यान्सरको जोखिम निम्त्याउँने देखिएको छ । यसले हाम्रो स्वास्थ्यलाई मात्र हानि पुर्याउँछ । यसले धेरै प्रकारका रोगहरूलाई निम्तो पनि दिने गरिएको छ ।
स्पेनमा हालै गरिएको एक अनुसन्धानले पत्ता लगाएको छ कि यी टी चिया झोलाको बाहिरी तह बनाउन प्रायः पोलिएस्टर नामक सामग्री प्रयोग गरिन्छ । जब यसलाई तातो पानीमा राखिन्छ, ठूलो मात्रामा माइक्रोप्लास्टिक र नानोप्लास्टिक्स (प्लास्टिकको धेरै सानो टुक्रा) र रेशायुक्त संरचनाहरू निस्किन्छन् । जो हाम्रो शरीरका लागि निकै हानिकारक हुन्छन् ।
आजको व्यस्त जीवनमा मानिससँग समय कम छ । यस्तो अवस्थामा मानिसहरु आफूसँग रेडिमेड चिया अर्थात टि ब्याग राख्छन् ताकि उनीहरुलाई आवश्यक पर्ने ठाउँमा चिया पिउन सकुन् ।
टी ब्यागको अत्याधिक सेवन हानिकारक हुनसक्छ किनभने यसमा पाइने ट्यानिन्स एन्टी–एब्जर्बेन्ट र एन्टी–पोषक तत्व हुन्छन्। जसले धेरै पोषक तत्वहरूलाई अवशोषित हुन दिँदैन । यसबाहेक, टि ब्यागको प्रयोगका कारण यसमा रहेको माइक्रोप्लास्टिक हाम्रो शरीरको आन्द्रामा पुगेर हानि पु¥याउन सक्छ । साथै, यसले स्मरणशक्तिमा पनि ठूलो प्रभाव पार्छ ।
बार्सिलोनाको अटोनोमस युनिभर्सिटीका शोधकर्ताहरूका अनुसार यी कणहरू हाम्रो आन्द्राका कोशिकाहरूमा प्रवेश गर्छन् र त्यहाँबाट हाम्रो रगतमा प्रवेश गरी शरीरभर फैलिन्छन् । अन्वेषकहरूले बजारमा उपलब्ध विभिन्न प्रकारका टी ब्यागहरू जाँच गर्दा तिनीहरूले माइक्रोप्लास्टिक र नानोप्लास्टिकहरू जस्तै नायलन–६, पोलीप्रोपाइलिन र सेल्युलोज फेला पारेका थिए । जो हाम्रो शरीरका लागि उपयुक्त छैनन् ।
प्रतिकृया दिनुहोस