• शुक्रबार-माघ-२५-२०८१

सैयौं वृद्ध वृद्धा,अपाङ्ग तथा बिपन्नलाई बलैनंकेट कम्बल वित्तरण

 

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका यूनिटहरु मार्फत जिल्लाका सैयौं वृद्ध वृद्धा अपाङ्ग तथा अति गरिब बिपन्न नागरिक लाई न्यानो बलैनंकेट कम्बल बितरण गरिएको छ।


पुस महिना सुरुभए देखिनै रौतहटमा बिहानै देखी घाम नलागी हुसुलागेर चलेको सितलहर संगै बढेको जाडो बाट जोगाउन जिल्ला बिपद व्यवस्थापन समितिबाट प्राप्त ४५० थान बलैनंकेट कम्बल बितरण गरिएको प्रहरीले जनाएको छ।


छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय रौतहटबाट १०० थान, ईलाका प्रहरी कार्यालय गरुडाबाट ७५ ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट ७५ त्यसैगरी क्रमसः ईलाका प्रहरी कार्यालय कटहरिया, लक्षमिनिया , गंगापिपरा, राजापुरबाट ५० थनको दरले गरी कुल ४५० थान बलैनंकेट कम्बल बित्तरण गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

 

यसपाली पुस महिनाको सुरुदेखि नै जाडो बढ्दै गएपछि ६५ बर्ष माथिका जेष्ठ नागरिक, सुत्केरी महिला, गर्भवती महिला, अपाङ्ग, तथा अती बिपन्न गरिब असहायलाई लक्षित गरी गत पुस २३ गते सिडियो हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला बिपद व्यवस्थापन समिति रौतहटको बैठकले कम्बल बलैनंकिट वित्तरण गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
 

प्रतिकृया दिनुहोस