• शुक्रबार-माघ-२५-२०८१

सशस्त्र प्रहरीद्वारा ठूलो परिणामको लागूऔषधसहित ११ जना पक्राउ

 

रौतहट २५ माघ । सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहट तथा मातहतका युनिटहरु बाट खटिगएको गस्ती टोलीले  जिल्लाको छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागूऔषध सहित ११ जना मानिसलाई पक्राउ गरेको छ ।


सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंको निर्देशनमा सशस्त्र प्रहरीले भारतीय सीमाक्षेत्र हुँदै आउनेजाने मानिस माथि निगरानी बढाएपछि यस आर्थिक वर्षमा हालसम्म ठूलो परिमाणमा लागूऔषध सहित ११ जना मानिस पक्राउ गर्न सफल भएको हो ।


गत साउनदेखि यस महिनाको २० गतेसम्म साढे ६ महिनाको अवधिमा लुकिछिपी भारतीय बजारबाट ल्याउँदै गरेको नशालु ट्याब्लेट डाईजिपाम २२ सय ७८ ट्याब्लेट, नाईत्रोभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु ईन्जेक्सन ६०६ एमपूल, प्रोमेथआजिन नशालु ईन्जेक्सन १७९८ एमपूल, फेनार्गन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम बरामद गरिएको सशस्त्र प्रहरी रौतहट का प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।


उक्त लागुऔषध ओसारपसारमा संलग्न ११ जना मानिसलाई पक्राउ गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन् । पक्राउ परेका मानिसलाई केही लागूऔषध सहित आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाईएको थियो । तथा केही लागुऔषध जाँचबुझको लागि औषधि ब्यवस्था बिभाग बिरगंज र जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस