• शुक्रबार-माघ-२५-२०८१

जसपा नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ । 


पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’ लाई निरन्तरता दिने निर्णय गरेको हो । 


विभागका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुले कार्यप्रगति विवरणको लिखित प्रतिवेदन प्रस्तुत गरेका थिए । 


अभियानले पार्टीमा उर्जा र उत्साह बढाउनुका साथै जनतामाझ पार्टीको विश्वास र भरोसा अभिवृद्धि गरेकाले पार्टीले अभियानलाई निरन्तरता दिने निर्णय गरेको बस्नेतले बताए । 


जसपा नेपालले अभियानलाई निरन्तरता दिने निर्णयसहितको परिपत्र मातहत समितिलाई पठाइसकेको छ ।
 

प्रतिकृया दिनुहोस