• बुधबार-माघ-२३-२०८१

मोदी र ट्रम्पबीच १३ फ्रेबुअरीमा भेट हुने तय

 

नयाँदिल्ली, २३ माघ । प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरी १३ मा अमेरिकी राजधानी वासिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन् । 

 

फ्रान्समा एआई शिखर सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री मोदी १२ फेब्रुअरी साँझ वाशिंगटन डीसी पुग्नेछन् र त्यहाँ १४ फेब्रुअरीसम्म रहने छन् । यस अवधिमा मोदी र ट्रम्पको भेट ह्वाइट हाउसमा भेटघाट हुनेछ ।

 

राष्ट्रपति ट्रम्पको तर्फबाट प्रधानमन्त्री मोदीको सम्मानमा डिनर कार्यक्रमको तयारी भइरहेको छ, जसमा अमेरिकाका चर्चित व्यक्तिहरुसमेत सहभागी हुने छन् । अमेरिकी कर्पोरेट नेताहरूसँग भेट गर्नुका साथै प्रधानमन्त्री मोदीले भारतीय समुदायका मानिसहरूलाई पनि सम्बोधन गर्नेछन् ।

 

दुई देशबीचको सम्बन्धको प्रगतिको प्रतीकका रूपमा रहेको यो बैठक पाँच वर्षपछि हुन लागेको हो । सन् २०१९ मा अमेरिकामा ‘हाउ दि मोदी’ कार्यक्रमको प्रतिक्रिया स्वरूप राष्ट्रपति ट्रम्प सन् २०२० मा भारत आएका थिए । त्यस समयमा उनले गुजरातमा ‘नमस्ते ट्रम्प’ कार्यक्रममा भाग लिए र २६ जनवरी को गणतन्त्र दिवस परेडको मुख्य अतिथि बनेका समेत थिए ।

 

मोदी–ट्रम्प भेटको उद्देश्य भारत–अमेरिका रणनीतिक साझेदारीलाई थप मजबुत बनाउनु रहेको छ । दुई नेताले आपसी सम्बन्धका साथै विश्वका विषयमा पनि साझा रणनीति बनाउने प्रयास गर्नेछन् । यस अवधिमा दुईबीच धेरै विषयमा छलफल हुने सम्भावना रहेको जनाइएको छ ।

 

राष्ट्रपति ट्रम्पले क्वाड (अमेरिका, भारत, जापान, अष्ट्रेलिया) देशहरूसँग सहयोग बढाउने योजना बनाएका छन्, जुन इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न महत्त्वपूर्ण मानिएको छ । ट्रम्पले सपथ लिने बित्तिकै उनले क्वाड देशका विदेशमन्त्रीहरूको बैठक आयोजना गरेका थिए । 

 

प्रधानमन्त्री मोदीलाई भेट्नुअघि जापानका प्रधानमन्त्रीसँग भेट हुनेछ । प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणपछि राष्ट्रपति ट्रम्प पनि आगामी केही महिनामा क्वाड सम्मेलनमा भाग लिन भारत आउने छन् । यी सबैबाट मोदी–ट्रम्पको विदेश नीतिको केन्द्र विन्दुमा चीनसँग सम्झौता गर्ने रणनीति हुने देखिन्छ ।

 

 

प्रतिकृया दिनुहोस