• बुधबार-माघ-२३-२०८१

ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं, २३ माघ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ ।

 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ । 

 

यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । 

 

यसअधि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो । 
 

 

 

प्रतिकृया दिनुहोस