• मंगलबार-माघ-२२-२०८१

विश्व क्यान्सर दिवस मनाइँदै, नेपालमा सस्तो मूल्यमा उपचार

 

काठमाडौ । नेपालमा ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ आज(मंगलबार) विश्व क्यान्सर दिवस मनाइँदैछ । हरेक बर्ष आजको दिन अर्थात् फेब्रुअरी ४ मा विश्वव्यापीरुपमा  दिवस मनाउने गरिन्छ ।    

 

क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै समयमा पहिचान भएमा यसको उपचारमार्फत निर्मूल हुने चिकित्सकहरू बताउँछन् । भक्तपुर क्यान्सर अस्पतालका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुने एवम यसको उपचारमा नेपाल विश्वको तुलना सस्तो मानिन्छ । सरकारी अस्पतालमा ४० देखि  ५० हजारसम्ममा र निजी अस्पतालमा पाँच लाख रुपैयाँसम्ममा क्यान्सरको शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । 


चिकित्सकहरूका अनुसार क्यान्सर हाम्रो शरीरको कोष वा कोषिकाहरुको समूहमा अस्वभाविक वृद्धि नै क्यान्सर रोग हो ।  जसलाई एक किसिमको गिर्खा वा ट्युमर भनिन्छ । यो ट्युमर शरीरको जुन भागमा आएको हो त्यहाँबाट अन्य भागमा फैलिँदै जान्छ । यही घातक ट्युमरलाई क्यान्सर भनिन्छ । 


क्यान्सरका कारक तत्वहरुमा धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन, जीवाणु तथा बिषाणुका कारण,  वंशाणुगत कारण, विकिरणको प्रभाव, अस्वस्थकर आहार, वातावरणीय प्रदूषण हो । क्यान्सरबाट बच्नको लागी धुम्रपान, मद्यपान तथा कुनै पनि सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सन्तुलित भोजन गर्ने, शारीरिक व्यायाम नियमित गर्ने, नियमित स्वास्थ्य परीक्षण गराए क्यान्सरबाट बच्न सकिने चिकित्सकहरू बताउछन् ।    


नेपालमा फोक्सो, पाठेघर, मुख, स्तन, पेट र आन्द्राको क्यान्सरका कारण सयौको मृत्यु हुने गरेको पाइन्छ ।  
 

 

प्रतिकृया दिनुहोस