‘कुखुराको चल्लालाई बाजले झम्टिन खोज्दा माउले उपस्थिति त जनाउँछ नि ? त्यस्तै हो'-पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे राजनीतिक सक्रियताले एमाले र माअोवादीभित्र तरंग
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने संकेत देखिन थालेपछि एमालेको आन्तरिक राजनीति निकै पेचिलो बन्न थालेको छ । एमालेका नेताहरुको समीकरण परिवर्तन हुनेदेखि बुद्धिजीवीमा पनि तरंग पैदा भएको छ ।
एमालेको आन्तरिक राजनीतिमा सक्रिय हुनेगरी भण्डारीले भेटघाट र गतिविधि बढाएकी छिन् । त्यही क्रममा २०८१ माघ १४ गते कोशी प्रदेशमा पुगेर लगभग एक हप्ता औपचारिक र अनाैपचारिक भेटघाट छलफल कार्यक्रममा सहभागी भएर काठमाडाैंमा फर्किएकाे अवस्था छ ।
कोशी प्रदेशमा जानुअघि पूर्वराष्ट्रपति भण्डारीले गण्डकी प्रदेशको समेत औपचारिक भ्रमण गरेकी थिइन्। स्थानीय नेतृत्व र जनतासँग संवाद गरेर राजनीतिमा सक्रिय हुने संकेत गरेर महोल बुझ्न र बनाउन भण्डारीले प्रयास गरेको अर्थमा पनि राजनीतिक क्षेत्रमा विश्लेषण भइरहेको छ । त्यही क्रममा केन्द्रीय र स्थानीय एमाले नेताहरुले पनि भण्डारीको पुरागमन चाहेको संकेत दिएका छन् । तर, केही केही एमाले नेताहरु भने त्यसको विरोधमा देखिएका छन् ।
विराटनगरमा एमालेका नेताहरुमात्र होइन, बुद्धिजीवीसँग पनि पूर्वराष्ट्रपति भण्डारीबाट भेटघाट र छलफल भएकाे थियाे । त्यसक्रममा बुद्धिजीवीले दुवैखाले सुझाव दिएका छन् । राजनीतिशास्त्री कृष्ण पोखरेललगायतको टीमले पनि सक्रिय राजनीतिमा आउन सुझाव दिएका छन् ।
एमाले नेता विनोद ढकालको व्यवस्थापनमा विराटनगरमा भण्डारीको बसाई भएको थियाे । एमालेमा पूर्वमात्र होइन धेरै नेताहरु अहिले पनि पूर्वराष्ट्रपति भण्डारीलाई अध्यक्ष केपी ओलीकाे विकल्पमा एमालेकाे नेतृत्वमा ल्याउनुपर्ने बुझाइमा सक्रिय रहेका छन् । एमाले नेताहरु कर्ण थापा, गोकुल बास्कोटा, विशाल भण्डारी, शेरधन राई, विनोद ढकालजस्ता दोस्रो तहका नेताहरु समेत भण्डारीको सक्रिय राजनीतिको पक्षमा प्रत्यक्ष/ प्रत्यक्ष रूपमा देखा पर्दैछन् ।
पृथ्वीसुब्बा गुरुङलगायतका उपल्ला तहका नेताहरु पनि नेताहरु विद्यादेवी भण्डारीको पक्षमा रहेको बताइन्छ । त्यहीकारणले एमालेकाे आउने महाधिवेशन झन् रोचक हुने अनुमान पनि गरिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरमा ‘कुखुराको चल्लालाई बाजले झम्टिन खोज्दा माउले उपस्थिति त जनाउँछ नि ? त्यस्तै हो । अहिले त्यहाँ भन्दा धेरै नबुझौं,’ भन्दै भण्डारीले विशेष रूपले नै गतिविधि बढाएपछि काठमाडौंमा उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने बताएका थिए ।
लामो समय कुनै प्रतिक्रिया नदिएका ज्ञवालीको यो भनाईलाई एमाले भित्र र बाैद्धिक क्षेत्रमा अर्थपूर्ण रुपमा हेरिएको छ । साथै, महासचिव शंकर पोखरेल पनि भण्डारीको सक्रिय राजनीतिको विपक्षमा देखिएका छन् ।
कुनै बेला भण्डारीकै समूहका नेताको छवि बनाएका पोखरेल अहिले एमालेभित्र अध्यक्ष ओलीको अति निकट नेताको रुपमा चिनिन्छन् । त्यहीकारण पछिल्ला दिनमा एमालेका अन्य पदाधिकारी र केही पूर्व राष्ट्रपति भण्डारीसँग निकट रहेको अनुमान गरिन्छ ।
विराटनगर पुगेर भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउँदा आफूलाई खुसी लागेको बताएकी थिइन् । त्यही भनाइ पछि एमाले र माओवादीमा तरंग पैदा गरेको हो । पुनलाई माओवादीमा सक्रिय राजनीतिमा आउने वातावरण पनि पूर्व राष्ट्रपति भण्डारीकै सुझाव र डिजाइन भन्ने विश्लेषण पनि एमाले र माअोवादीभित्र भइरहेको छ ।
त्यसैले, एमालेभित्र मात्रै हाेइन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे हिजाे आजकाे सक्रिय राजनीतिक गतिविधिले अहिले माअोवादीभित्र समेत तरंग पैदा गराएको छ । र, नन्द वहादुर पुनको पक्ष र विपक्षमा अभिमतहरु बनिरहेका छन् । त्यसो त, भण्डारीले विराटनगरका पुगेर आफू यता आउँदा कागठमाडौंमा भुँइचालो गएको भनेर अर्को अर्थपूर्ण प्रतिक्रिया दिएकाे विषयले झन् रमाइलाे तरंग पैदा गरेकाे पाइन्छ । त्यसैले, अहिले एमाले र माअोवादी केन्द्रभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी महाधिवेशनभन्दा पहिला नै सक्रिय राजनीतिमा आउने संभावना रहेको चर्चा हुन थालेको छ ।

प्रतिकृया दिनुहोस