• सोमबार-माघ-२१-२०८१

सुनको भाउ लगातार ४ दिनदेखि स्थिर

 

काठमाडौं, २१ माघ । सुनको भाउ आज पनि स्थिर रहेको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार झै आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भइ स्थिर रहेको छ ।


शुक्रवारदेखि सुनको भाउ स्थिर रहेको बेला सोमवार पनि सोही गति लिएको हो । तर, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस