• सोमबार-माघ-२१-२०८१

गण्डकी प्रदेशको अधिवेसन सुरू हुँदै

 

पोखरा, २१ माघ । गण्डकी प्रदेशसभाको सातौं अधिवेशन आजबाट सुरु हुँदैछ । 

 

हिउँदे अधिवेशनको नामले चिनिने यो अधिवेशनको पहिलो बैठक सोमबार दिउँसो २ बजे बस्ने तय भएको छ । गत माघ ८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक आह्वान गरे पछि आजबाट सुरू हुन लागेको हो ।


आइतबार भएको कार्य व्यवस्था परामर्श समितिले सोमबारको बैठकका कार्यसूची तय गरेको थियो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, प्रदेश निजामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश टेबुल गर्ने र प्रदेशसभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गर्ने तय गरिएको छ ।
 

 

प्रतिकृया दिनुहोस