• सोमबार-माघ-२१-२०८१

लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै, प्रदेशमा सार्वजनिक बिदा

 

तुलसीपुर, २१ माघ : लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।

 

प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार  स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ । लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ । 
–––

 

 

प्रतिकृया दिनुहोस