एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं, माघ १८ । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा निवेदन दिनु पर्नेछ ।
सेयर खरिदका लागि निवेदन दिएपछि आपसी सहमतिमा मात्रै सेयर खरिद बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस