तनाव मुक्त हुन र डिप्रेसनबाट छुटकारा पाउन चराहरु हेर्नुहोस् : सुदर्शन कार्की
नेपालमा चरा–शिक्षा अत्ति नै आवश्यक भइसकेको छ
सान परिवारमा जन्मे–हुर्केका सुदर्शन कार्की पेशाले फिल्म निर्माता हुन् । सामाजिक विषयवस्तुमा आधारित वृत्तचित्र निर्माणमा उनको विशेष रुची छ । विशेषगरी उनी चराप्रतिको मोह र आकर्षण अनौठो छ । उनी आफूलाई निर्माता भन्दा पनि चराप्रेमी भन्न रुचाउँछन् । उनी आफ्ना फिल्म खिच्न बाहेकका अधिकांश समय चराहरुको अवलोकन गर्न र फोटो खिचेर आफू सौख पूरा गर्न रुचाउँछन् ।
चराचुरुङ्गीसँग आफ्नो बाल्यकालदेखि नै सम्बन्ध रहेको भन्दै आफ्नो वरिपरि चराहरु आउँदा आकर्षण बढेकै कारण चराहरुसँगको सुमधुर सम्बन्ध राख्ने गरेको उनी बताउँछन् । फिल्म खिच्न भन्दा सबैभन्दा रमाइलो र सजिलो चरासँग नै हुने उनको धारणा छ ।
शिला खोजेर फ्रान्समा अहिले पनि चराहरुलाई खानेकुरा खुवाइन्छ तर नेपालमा अहिले चराको लागि न खाना छ, बासस्थान छ । मानिस यति मोर्डन भए कि उनीहरुलाई त संसार नै नचाहिने भयो । जलवायु परिवर्तन भयो, संकट पर्न थालेको छ । त्यसैले चरामैत्री शिक्षा चाहिएको छ ।
उनले भने,‘फिल्म खिच्छु तर सबैभन्दा रमाइलो चरा खिच्न लाग्छ । म फिल्म मेकर भएपनि इस्यूबेस फिल्म बनाउँछु । सोसल इस्युमा बनाउँछु । फिल्मसँग सम्बन्ध पछि जोडियो तर चराचुरुङ्गीसँग त मेरो बाल्यकालदेखिकै सम्बन्ध हो । आफ्नो वरिपरि चराहरु उडेको देखेर र मन छोएका कारण यतातिर आकर्षित भएको हुँ । आजसम्म म चरासँगै सम्बन्ध राख्ने र त्यसमै रमाउने गरिरहेको छु ।’
खेतबारीमा काम गर्दैगर्दा चराहरु नजिकै आएभने चराहरुको नाम सोध्ने, जानकारी लिने र अनुसन्धान गर्ने उनको स्वभाव थियो । त्यसैले पनि चराहरुको बारेमा स्वअध्ययन अनुसन्धान गरेको उनले जानकारी दिए ।
‘मैले चराहरुका बारेमा आफैं सिकें । किनकी किसानको छोरा भएकाले खेतबारीमा काम गर्दैगर्दा चराहरु नजिकै आउँथे । तिनीहरुका बारेमा थाहा नहुँदा सोधीखोजी गर्ने र अध्ययन एवम अवलोकन गर्ने गर्थें । सेतो बकुल्ला, जसलाई वस्तु बकुल्ला पनि भनिन्छ त्यसको वरिपरि दौडिन्थें । गाईभैंसी चरिरहेको ठाउँमा त्यो बकुल्ला किन पछि लागेको होला भनेर अध्ययन गर्थें । घाँस खाँदा फट्याङग्रा हुँदा रहेछन्, त्यो फट्याङग्रा समात्नको लागि बकुल्ला वस्तु पछिपछि लाग्ने रहेछन् । त्यसैले त्यसको नाम वस्तु बकुल्ला भएको रहेछ । त्यसैले चराको भाषा वा आवाज कसलाई सुमधुर लाग्दैन होला र, चराचरुङ्गी बिनाको संसार सोच्नै सकिन्न,’ उनले भने ।
नेपालमा अहिले ८९७ प्रजातिका चराहरु रहेको उनले बताए । यी चराहरु संसारको नौं प्रतिशत रहेको उनले जानकारी दिए । नेपाल सानो देश भनिन्छ तर धेरै किसिमका चराहरु नेपालमै पाइन्छन् । ठाउँको हिसाबले विश्वव्यापी रुपमा ०० दशमलव ३ प्रतिशत भएको देशमा चरामा नौं प्रतिशत हुनु भनेको सानो देशमा धेरै गुणा विविधता छ भन्ने कुराको प्रमाण भएको उनी सुनाउँछन् ।
उनले भने,‘नेपालमा थुप्रैखाले चराहरु पाइन्छन् । बसाइ सरेर आउने चराहरु पनि छन् र रैथाने पनि छन् । सानो ठाउँ भनेर हुँदैन् नेपालमा धेरै किसिमका चराहरु पाइन्छन् । देश सानो भएपनि विविधता ठूलो छ । सबै चिजमा विविधता छ । मौसम समेत नेपालको सबै ठाउँमा फरक फरक हुन्छ । त्यसैले नेपाल सबै कुराले भरिपूर्ण भएकाले ८९७ प्रजातिका चराहरु पुगिसकेका छन् । विश्वभरमध्ये नौं प्रतिशत नेपालमै होलान् ।’
चराहरुको संरक्षणका लागि बासस्थान र खानेकुराहरुको व्यस्थापनमा राज्यको ध्यान पुग्न नसकेको उनको गुनासो छ । चराको वासस्थान नै मासिदा धेरै चरा लोप हुँदै गइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
मान्छेहरु एक अर्काको खुट्टा तान्नमै व्यस्त भएकाले कमैले मात्र चराहरुका बारेमा सोच्ने गरेको उनको भनाइ छ । ‘चराको लागि बासस्थान बनाइदिनुपर्छ । खाना खाने स्थान बनाउनुपर्छ ।
चराहरुको खानाको रुपमा रहेको खोलाको माछा समेत मान्छेले छाडेनन्,उनले भने,‘ अहिले त खेतीपाती नै हुन छाडिसकेको त्यसैले चराहरुले आफ्नो खाना समेत पाउन सकेका छैनन् । हामीले वासस्थान नै मासिसकेका छौं । त्यसैले धेरै चरा लोप हुँदै गइसकेका छन् । शिला खोजेर फ्रान्समा अहिले पनि चराहरुलाई खानेकुरा खुवाइन्छ तर नेपालमा अहिले चराको लागि न खाना छ, बासस्थान छ । मानिस यति मोर्डन भए कि उनीहरुलाई त संसार नै नचाहिने भयो । जलवायु परिवर्तन भयो, संकट पर्न थालेको छ । त्यसैले चरामैत्री शिक्षा चाहिएको छ ।
सरकारले चराचुरुङ्गी तथा जनावरको शिकारमा रोक लगाएको भएतापनि कतिपय मानिसहरुले नियम उल्लङ्घन गरी शिकार गर्ने गरेको पाइन्छ । सरकारले कानुन बनाउने तर त्यसको लागू प्रभावकारी रुपमा नगर्ने भएका कारणले यस्तो अवस्था सृजना भएको उनले बताए ।
उनले भने,‘सरकारले मार्न हुँदैन त भन्यो तर चेतना फैलाउन सकेको छैन् । चोरी पैठारी भइरहेको छ, बेचिराखेको छन् । मारेर खाइरहेको छन् । जुन चिज गर्नुहुँदैन । त्यो भइरहेको छ । कानुन उल्लघंन भइरहेको छ । चेतना अनुकरण गर्नुपरयो र त्यसका लागि शिक्षा चाहियो । नेपालमा साना साना चराहरु छेउमा आउन डराउँछन् । अरु कयौं देशहरुमा सुरक्षात्मक विधि भएकाले चराहरु मान्छेको छेउमा आउँछन् । भुटानकै कुरा गर्दा चराहरु नजिक आउँछन् । किनकी त्यहाँ धार्मिक रुपमा नै चराहरु मार्न हुँदैन् भन्ने छ । व्यादा किन गर्ने, के एउटा सानो चरा नै मार्न पर्छ मासु खान ?’
अर्कातिर चरालाई शुभ तथा लच्छिनको प्रतीक मानेर कतिपय मानिसहरुले घरमा पाल्ने गरेका असन्तुष्ट व्यक्त गर्दै भन्छन्,‘सबैभन्दा गलत गुडलक मानेर चरा पाल्नु हो । चरा पालेर गुड लक कसरी हुन्छ ?आकाशमा उड्ने चरालाई थुनेर के हुन्छ,सुनकै पिन्जडामा राखेपनि खुसी हुन सक्दैन् । त्यसैले घरमा चरा पाल्नु भनेको अपराध हो । नेपालमा पनि यो अवैधानिक हो । त्यो एउटा अन्धविश्वास मात्र हो । चरा पालेर कोहीपनि खुसी रहन सक्दैन र पाल्न पनि हुँदैन् ।’
निर्माता कार्की आफ्नो जीवनमा सबै चराहरुले उत्तिकै महत्व बोकेको भन्दै आफ्नो तनावलाई घटाउनको लागि पनि चरा हेर्ने गरेको बताउँछन् । चरा संरक्षणको लागि सरकारले राम्रो कानून बनाइदिएर कार्यान्वयन गरी चरा सम्बन्धी शिक्षा दिएमा विस्तारै आफै चराहरुको संरक्षण हुदैँ जाने उनको ठम्याई छ ।
उनी भन्छन्, मेरो जीवनमा सबै चराहरुले उत्तिकै महत्व छ । अरुबेला फिल्म बनाउछु, फोटो खिच्छु तर त्यो बाहेक आफ्नो तनावलाई घटाउनको लागि म चरा हेर्छु । चरा संरक्षणको लागि एउटा त सरकारले कानून राम्रो बनाइदिए हुन्थ्यो र त्यसलाई कार्यान्वयन गरेर चरा सम्बन्धी शिक्षा दिए पुग्थ्यो । यति भयो भने विस्तारै आफै चराहरुको संरक्षण हुदैँ जान्छ ।’
उनका अनुसार जाडो महिनामा त हाम्रो देशभन्दा उत्तरी भेगतिर चिसो भएर चराहरु न्यानो र खाना खोज्दै दक्षिणतिर झर्ने हुँदा चिसोको समयमा धेरै किसिमका चराहरु देखिन्छन् । नेपालमा पनि पहाडी भेगबाट न्यानो खोज्दै तराईतिर धेरै चराहरु झर्छन् । कोही नेपालकै हुन्छन्, कोही बाहिरबाट आउने आगन्तुक चराहरु हुन्छन् । कोही बटुवा हुन्छन् । धेरैजसो खोलामा बस्ने पानी चराहरु हुन्छन् ।
नेपालीमा भनिने टिकटिके चरा पनि अहिले तर झरेका चराहरु हुन् । यस्ता चराहरु न्यानो लागेपछि फर्किएर जान्छन् । विकासको नाममा नदी छेउमा बत्तिहरु हाल्ने र कंक्रिट गर्ने काम भएकाले यसले चराहरु बस्ने ठाँउ र वातावरण खलबलिएको पनि उनको भनाई छ ।
उनले भने, ‘अहिले हाँस प्रजातिका चराहरु धेरै पाइन्छन् । पहिला पानी पोखरी, कमल पोखरी, रानी पोखरीमा यस्ता प्रजाती धेरै प्रकारका चराहरु आउँथे र खोलाको छेउतिर पनि बस्थे । तर यो वर्ष केही चराहरु नागदहमा छन् । उनीहरु बस्ने ठाँउ कम भएको छ, विकासको नाममा झिलमिल बनाएर, बत्ति हालेर, टल्किने कुरा हालियो, बस्ने ठाँउ राम्रो भएन र धेरै अशान्ति भयो, वातावरण खलबलियो त्यसले गर्दा चराहरु कम भएका हुन् ।’ यसको साथै, उनले आफूलाई भंगेरा सबैभन्दा बढी मनपर्ने बताए । उनले भंगेराहरु धेरै चुलबुल किसिमको हुनेहुदाँ पनि हेर्न मनपर्ने बताए ।
उनले भने, ‘भंगेरा पनि थुप्रै प्रजातीका छन् र मेरो घरमा दुईथरिका एउटा रुख र अर्को घर भंगेरा आउँछन् । धेरै रोमान्टिक हुन्छन् । उनीहरु नुहाउने काम पनि धेरै गर्छन् । नेपालमा भंगेरा पहिला चार किसिमको पाउछ भन्थे अहिले तीन किसिम भन्न थाले । मैले सबै थरिको भंगेरा देखेको छु ।’
कार्कीले चरालाई माया गर्न, चराप्रति मोह जगाउन र चराहरु हेर्न सुझाव दिए । ‘मान्छेहरु तनाव भयो, डिप्रेसन भयो भन्छन् नेपाल जस्तो देशमा डिप्रेसन हुँदैन् । तनाव कम गर्न चरा हेर्नुस् । चरा चिन्नुस् । चरालाई फलो गर्नुभयो भने चरासँग धेरै कुरा गर्न सकिन्छ र चरालाई हेरेर आफ्नो जीवनमा अपनाउन सक्नुपर्छ । खुसी हुनुहुन्छ । चरा सम्बन्धि शिक्षा लिन खोज्नुस् र अरुलाई पनि सिकाउनुस,’ उनको सुझाव छ ।

प्रतिकृया दिनुहोस