• शुक्रबार-माघ-१८-२०८१

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 

काठमाडौं, १८ माघ । आजवाट संसदको हिउँदे अधिवेसन सुरू हुँदैछ ।

 

जसअनुसार राष्ट्रियसभातर्फको सम्भावित कार्यसूची सार्बजनिक भएको छ । 

 

जसअनुसार राष्ट्रियसभा अध्यक्षले अधिवेसन आब्हान सबन्ध राष्ट्रपतिवाट प्राप्त पत्र पढेर सुनाउने छन भने राष्ट्रपति कार्यालयवाट र मन्त्रिपरिषद कार्यालयवाट मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएकोसबन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।

 

आजको बैठकमा बिधायन ब्यवस्थापन समितिका सभापति तुलसीकुमारी दाहालले मिडिया काउन्सिल बिधेयक २०८० सबन्धी र नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी बिधेयक २०८१ सबन्धी समितिको प्रतिवेदन पेस गर्नेछिन् । 

 

साथै, सुशाषन प्रबर्धन तथा सार्बजनिक सेवा प्रवाह सबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नेछन भने आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, नीजिकरण (पहिलो संसोधन) अध्यादेश, आर्थिक तथा ब्यावसायिक वातावरण सुधार र लगानी अभिबृद्धिसबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने अध्यादेश भने उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पेस गर्नेछन् ।

 

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसबन्धी केही नेपाल ऐन संसोधन गर्ने अध्यादेश, र भूमिसबन्धी केही नेपाल ऐनलाइ संसोधन गर्ने अध्यादेश पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

 

साथै, बैठकमा पूर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा, अब्दुल हमिद सिद्दकी, पूर्व मन्त्री पिएल सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिने संसद सचिवालयले जनाएकाे छ ।

 

प्रतिकृया दिनुहोस