नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी - २०८१ आयोजना गर्ने
काठमाडाैं। सेना दिवसको अवसरमा नेपाली सेनाले आगामी माघ १५ गतेदेखि १८ गतेसम्म जङ्गी अड्डामा "नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी-२०८१" आयोजना गर्न लागेको छ। यस प्रदर्शनीमा नेपाली सेनाको विगतदेखि वर्तमानसम्मका विभिन्न गतिविधिहरूलाई झल्काउने फोटोहरू, हातहतियार र अन्य सैनिक उपकरणहरूको प्रदर्शनी गरिनेछ।
प्रदर्शनीमा नेपाली सेनाका विविध कार्यक्षेत्रहरूको विस्तृत अवलोकन गर्न सकिनेछ। यसमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको गतिविधिहरू, शान्ति सेना, विकास निर्माणका कार्यहरू, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका गतिविधिहरू र सैनिक विद्यालयहरूको प्रदर्शनी समावेश हुनेछ। यस प्रदर्शनीमार्फत नेपाली सेनाका महत्वपूर्ण योगदान र समर्पणलाई जनमानससम्म पुर्याइनेछ।
प्रदर्शनीका अवसरमा आम नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। माघ १५ गते १२०० बजेदेखि १७०० बजेसम्म र माघ १६ देखि १८ गतेसम्म १००० बजेदेखि १७०० बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिनेछ।
यो प्रदर्शनी विशेष गरी विद्यार्थीहरूलाई नेपाली सेनाका विविध गतिविधिहरू र योगदानको बारेमा गहिरो ज्ञान प्राप्त गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।
सार्वजनिक र विद्यार्थीहरूले नेपाली सेनाको विभिन्न कार्यहरूको नजिकबाट अनुभव गर्ने यो अनोठो अवसरलाई न छुटाउनुहोस्।

प्रतिकृया दिनुहोस