• बुधबार-माघ-२३-२०८१

यी नै हुन् इजरायल र हमासबीच सम्झौता गराउने कतारका ‘सुल्तान’

 

दोहा, ४ माघ । विगत डेढ वर्षदेखि इजरायल र हमासबीच चलिरहेको युद्धको बीचमा बिहिबारको दिन निकै विशेष रहयो । इजरायल र हमासबीचको यो सम्झौताका लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको बताइएको छ ।

 

उनले यो सम्झौताका बारेमा विज्ञप्ति पनि दिएका छन् । उनले जारी विज्ञप्तिमा सबै कुरा ठीक भएमा र यो सम्झौता स्वीकृत भएमा आगामी आइतबारदेखि लागू हुने बताएका छन् । कतारका प्रधानमन्त्रीले आइतबारदेखि इजरायल र हमासबीचको युद्धविराम सम्झौता लागू हुने भन्दै १५ महिना लामो युद्ध अन्त्यको भएको घोषणा गरेका छन् । इजरायल र हमासले पनि यसको पुष्टि गरेका छन् । 


इजरायल र हमासबीचको यो सम्झौतामा कतारको ठूलो भूमिका रहेको बताइएको छ । यो किन पनि भने कतारका प्रधानमन्त्रीले इजरायल र हमासलाई सम्झौतामा ल्याउन सक्दो प्रयास गरेका थिए। कतारले मात्र यो सम्झौता गर्न सक्नेमा इजरायल विश्वस्त रहेको बताइएको छ । यो सम्झौताका शिल्पकार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी हुन् । यी तीनै व्यक्ति हुन, जसले दुवै देशलाई आफ्नो माटोमा राखेर युद्दबिरामका लागि छलफल गर्न बाध्य पार्यो । जसको शब्द बेन्जामिन नेतान्याहु आफैं पनि टार्न सकेनन् । 


वास्तवमा इजरायल र हमास दुवैलाई कतारमा विश्वास थियो । कतार इजरायल, अमेरिका र हमाससँग सम्पर्क राख्ने देश हो । कतारको तीनै देशसँग राम्रो व्यापार सम्बन्ध छ तर इजरायल–हमास युद्ध रोक्न अरू धेरै देशले भूमिका खेलेका छन् । यी सबैको बावजुद कतारको भूमिका माथि छ । समाचार अनुसार युद्धविराम सम्झौताका सम्बन्धमा इजरायल र हमासबीच अन्तिम वार्ता जनवरी १४ मा कतारमा भएको थियो । शेख मोहम्मद बिन अब्दुल अल थानीले यो कुराकानीको आयोजना गरेका थिए ।

 

युद्धविरामको घोषणा गर्दा कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा कतार राज्य, अरब गणतन्त्र इजिप्ट र संयुक्त राज्य अमेरिकाले गाजामा द्वन्द्वका पक्षहरूले बन्धकहरूलाई रिहा गर्न र स्थायी शान्तिको बदलामा दिगो शान्तिमा फर्कन सहमत भएको घोषणा गरेको बताएको छ । बन्धकहरू र कैदीहरूका लागि सम्झौता गरेका छन् ।
 

 

 

 

प्रतिकृया दिनुहोस