उद्योग मन्त्रालयको बजेट कार्यान्वयन द्रूत गतिमा अघि बढाउन निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चालू आर्थिक वर्ष २०८१/८२को बजेट कार्यान्वयनका सम्बन्धमा हालसम्मको अवस्थाबारे छलफल सम्पन्न भएको छ ।
मन्त्री दामोदर भण्डारीको उपस्थितिमा भएको छलफलमा मन्त्रालयका सचिवद्वय कृष्ण बहादुर राउत र गोविन्द बहादुर कार्की, महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
छलफलका क्रममा हालसम्म मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्दै बजेट तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा देखा परेका समस्या यथाशीघ्र निराकरण गरी बजेट तथा कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन मन्त्री भण्डारीले निर्देशन दिए ।
उनले हालसम्मको कार्य प्रगतिको रिपोटिंग पेस गरेका महाशाखा प्रमुख र विभागीय प्रमुखलाई कार्य सम्पादन कार्य द्रूत गतिमा अघि बढाई कामको शतप्रतिशत परिणाम दिने गरी काम निर्देशित गरेका छन् ।

प्रतिकृया दिनुहोस