• बिहीबार-माघ-३-२०८१

माओवादी केन्द्रमा कार्यविभाजनकाे चर्काे सकस

 माओवादी केन्द्रका नेताहरुको कार्य  विभाजनको तयारी भइरहेको छ । कार्यविभाजनको तयारीका लागि स्थायी  कमिटी बैठक पनि बस्ने तयारी गरेको खबर छ ।

 

अहिले दुुईजना नेताको कार्यविभाजनका विषयले भने माओवादीमा पेचिलो  अवस्था सिर्जना भएको छ ।

 

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उपमहासचिव  जनार्दन शर्मालाई के जिम्मेवारी दिने भन्ने विषय पेचिलो बनेको हो ।


  नन्द वहादुर पुनलाई अध्यक्ष प्रचण्डकै चाहनामा पार्टीमा सक्रिय बनाएका कारण उनलाई जिम्मेवारी  दिनुपर्ने बाध्यता रहेको छ । त्यो बाध्यताका कारण   नन्द वहादुर पुन स्वयम् सम्मानजनक जिम्मेवारी पाउनुपर्ने पक्षमा पनि रहेका छन् ।

 

अर्कातिर पुनलाई जिम्मेवारी  दिएर जनार्दन शर्मा र वर्षमान पुनलाई साइजमा पनि राख्न सन्देश पनि दिनुपर्नेछ । त्यसैले   नन्द वहादुरको जिम्मेवारीको विषय अहिले चासोको विषय बनेको छ ।


  अर्कातिर  माओवादी अध्यक्ष प्रचण्डसँग सिधासिधा  लडाईंमा रहेका शर्माले भने संगठन विभाग प्रमुख दावी गरेका छन् । उक्त  विभागको जिम्मेवारी पहिला वर्षमान पुनलाई दिएका थिए । अहिले शर्माले जवर्जस्त दावी गरेका छन् । यो दाबीका कारण प्रचण्ड  भने समस्यामा परेका छन् ।

 

केन्द्रीय कमिटी बैठकमा उनीहरुवीच अनौपचारिक सहमति भएर अस्थायी युद्धविराम भएको चर्चा पनि माओवादीमा चलेको थियाे । यद्यपि,  नेताहरुको जिम्मेवारी हेरफेरको विषय पेचिलो बनेका कारण प्रचण्डले वर्षमान पुनलाई साथै राखेका छन् ।


 वर्षमानलाई रोल्पा जानबाट  रोकेर अहिले पदाधिकारीहरूकाे कार्यविभाजनकाे गृहकार्य अघि  बढाइरहेकाे स्राेत बताउछ । त्यसैले, प्रचण्डका लागि पुन र शर्माको जिम्मेवारी नै अहिले पेचिलो बनेको  देखिन्छ ।

 

प्रचण्डले २०८१ माघ २ गते बुधवार सचिवालय बैठक बोलाएका थिए । उक्त बैठकमा कार्यविभाजनको तयारी गर्ने भनेर रोकिएको छ । कार्यविभाजनका लागि  वर्षमान पुनसहितका नेताहरु तयारीमा जुटिरहेकाे खबर छ ।

 

 

प्रतिकृया दिनुहोस