• बिहीबार-माघ-३-२०८१

सेयर अंक घटे पनि कारोबार भने बढ्यो

 

काठमाडौं, ३ माघ । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

 

साताको अन्तिम सेयर कारोबार दिन माघ ३ गते बिहीबार भने ७.३३ अंकले घटेको हो ।

 

अघिल्लो कारोबार दिन माघ २ गते बुधबार १.८३ अंकले बढेको नेप्से सामान्य ७ अंकले घटेर २५८८.६२ विन्दुमा रोकिन पुगेको हो ।

 

नेप्से घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको देखिएको छ । आज २९६ कम्पनिको १ करोड १७  लाख ४९ हजार ७०१ कित्ता सेयर किनबेच हुदाँ आज ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भएको छ । माघ २ गते बुधबार भने ५ अर्ब ८२ करोड ४९ मात्र कारोबार भएको थियो ।
 

प्रतिकृया दिनुहोस