• बुधबार-माघ-२३-२०८१

हमास र इजरायलबीच युद्धबिराम पछि दुवै देशमा जनस्तरबाट स्वागत

 

तेलअभिव, ३ माघ । इजरायल र हमास गाजामा युद्ध रोक्न सहमत भएका छन् ।

 

सो सहमति अनुसार हमासको नियन्त्रणमा रहेका इजरायली बन्धक र इजरायली हिरासतमा रहेका प्यालेस्टिनी बन्दीलाई रिहा गर्न पनि दुवै पक्ष सम्झौतामा सहमत भएका छन् ।

 

इजरायल र हमासबीच भएको सो सहमतिको अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूले स्वागत गरेका छन र गाजाको पुनर्निमाणमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन । 

 

प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सीले युद्धको कारणले गर्दा पीडा कम गर्न गाजापट्टीमा द्रुत र निर्बाध मानवीय पहुँचको लागी आह्वान गरेको छ ।

 

तीन चरण सम्झौता आइतरबाट लागु हुनेछ । तर, यसको धेरै विवरण र समयरेखा अस्पष्ट नै रहेको जनाइएको छ । जुन सहमतिलाई इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी छ र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सबै विवरणहरू अन्तिम नभएसम्म टिप्पणी नगर्ने बताएका छन् ।

 

सो सम्झौता बाइडेन र ट्रम्पको सचिवालयको सहयोग र सहकार्यमा अभूतपूर्व स्तरको मध्यस्थता गरिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ता अस्थायी युद्धविरामभन्दा युद्धलाइ स्थायी रूपमा नै अन्त्य गरिनु पर्ने भएकाले दोस्रो चरणमा जाने बताएका छन् ।

 

हमास र इजरायलबीच युद्धबिराम गर्नका लागि सहमति भए पछि प्यालेस्टाइन र इजरायलका जनताले सडकमा उत्रेर खुसियाली मनाएका छन । उनीहरूले पराम्परागत बाजा र प्ले कार्ड लिएर युद्दबिरामको स्वागत गरेका छन् ।
 

प्रतिकृया दिनुहोस