• बुधबार-माघ-२३-२०८१

सैफअली खानमाथि मध्यरातमा हमला, ६ ठाउँमा चोटपटक पछि अस्पताल भर्ना

 

मुम्बई, ३ माघ । बलिउड अभिनेता सैफ अली खानमाथि ज्यान लिने हमला भएको छ । 

 

वास्तवमा मुम्बईको ब्रान्डामा रहेको अभिनेताको घरमा चोर पसेका थिए । यसै क्रममा चोरले सैफलाई आक्रमण गर्दा उनी गम्भीर रूपमा घाइते भएको जनाइएको छ । यो घटना करिब राति २ः३० बजेको हो । अभिनेता हाल लीलावती अस्पतालमा भर्ना छन् । प्रहरीले अहिले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण घटनाको खुलासा गरेको छ ।

 

मुम्बई प्रहरीले भन्यो, ‘हिजो राति एक अज्ञात व्यक्ति अभिनेता सैफ अली खानको घरमा प्रवेश गरे र यस क्रममा घरको सहयोगीसँग झगडा भयो । जब अभिनेताले हस्तक्षेप गरेर व्यक्तिलाई शान्त पार्ने प्रयास गरे, उनले सैफ अली खानलाई आक्रमण गरे र घाइते बनाए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।’

 

मुम्बई पुलिसका डीसीपीले अभिनेता सैफ अली खानको घरमा अज्ञात व्यक्ति प्रवेश गरेको बताएका छन् । अभिनेता र घुसपैठकर्ता बीच झडप भएको थियो जसमा अभिनेता घाइते भएका थिए र हाल उनको उपचार भइरहेको छ ।

 

मुम्बई पुलिसले सैफ अली खानको घरमा काम गर्ने तीन जनालाई हिरासतमा लिएको छ । तीनै जनालाई नियन्त्रणमा लिएपछि प्रहरीले उनीहरुलाई प्रहरी चौकीमा लगेर सोधपुछ गरिरहेको छ ।

 

यी सबै बीचमा लीलावती अस्पतालले सैफ अली खानको हाल शल्यक्रिया भइरहेको पुष्टि गरेको छ । यस हमलामा सैफ अली खानको घाँटीको पछाडि १० सेन्टिमिटर कटेको र देब्रे हातमा काटिएको निशान छ ।

 

जुन गम्भीर छ । यो खबरपछि फ्यानहरु तनावमा छन् र अभिनेताको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस