नवनियुक्त जापानी राजदुत नेपाल आइपुगे
काठमाडौं । नेपालका लागि जापानका राजदूत मायडा तोरू पदभार समाल्न नेपाल आइपुगेका छन्। उनले राजदूतका रूपमा नेपालका कार्यभार सम्हाल्न आइपुगेको जानकारी गराएका हुन् ।
जापानको पुरानो मित्रका रूपमा रहेको भव्य हिमालहरूको घर नेपालमा आइपुग्दा आफूलाई खुसी लागेको राजदूत तोरूले सुरूमा उल्लेख गरेका छन । नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै गत वर्ष मे महिनामा तत्कालीन विदेशमन्त्री कामिकावा योकोको नेपालमा उच्चस्तरीय भ्रमण आदानप्रदान भएको पनि उनले स्मरण गरेका छन् ।
दुई देशबिचको सम्बन्धलाई अझ राम्रो बनाउन यस अवसरको अधिकतम उपयोग गर्ने प्रतिबद्ता जनाएका छन् ।

प्रतिकृया दिनुहोस