• मंगलबार-माघ-१-२०८१

बैंकिङ्ग कसुर मुद्दामा फरार प्रतिवादी सुधा बस्नेत प क्रा उ

 

काठमाडौं, २०८१, माघ २९ गते /  बैंकिङ्ग कसुर मुद्दामा फरार रहेकी सुधा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । यस मुद्दामा उच्च अदालत पाटन ललितपुरको फैसलाले नेपाल सरकारको पक्षमा कुल ९० लाख ५० हजार रुपैयाँ (९०,५०,०००) को विगो निर्धारण गरेको थियो।

केश कुमार श्रेष्ठ लगायतका व्यक्तिहरुको जाहेरीका आधारमा यो मुद्दा दायर गरिएको थियो, जसमा प्रतिवादी सुधा बस्नेतलाई बैंकिङ कसुरको आरोप लागेकाे थियाे। अदालतको फैसला पछि सुधा बस्नेत फरार भएकी थिइन्। उनलाई पक्राउ गर्नका लागि प्रहरीले विभिन्न स्थानमा अन्वेषण कार्य जारी राखेको थियो।

 

यसै क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयकाे प्रहरीको टोलीले मिति २०८१ सालको २९ गते सुधा बस्नेतलाई काठमाण्डौंको का.म.न.पा. वडा नं. ३, महाराजगञ्जबाट पक्राउ गरेको हो। पक्राउ पछि उनलाई थप अनुसन्धान र फैसला कार्यान्वयनका लागि उच्च अदालत पाटन ललितपुर पठाइएको छ।

 

सम्बन्धित अधिकारीका अनुसार, सुधा बस्नेतको पक्राउ न्यायको प्रक्रियामा महत्वपूर्ण माइलस्टोन मानिएको छ र यसले बैंकिङ कसुर जस्तो जटिल मुद्दामा कानूनी प्रावधानको पूर्ण पालना गराउन मद्दत पुर्याउनेछ।

 

 

 

प्रतिकृया दिनुहोस