प्रचण्ड र जनार्दनले किन गरे हाेलान् एक बर्षे युद्धविराम ?
माओवादी केन्द्र : जागरण अभियानपछि विशेष महाधिवेशन
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मावीच केही समयदेखि विवाद भइरहेको थियाे । संगठनकाे तल्लाे इकाइसम्म पहुँच भएका र प्रचण्डविरुद्ध फरक मत राख्ने हैसियतमा पुगेका उपमहासचिव शर्माले पार्टी फुटाउन सक्नेसम्मको हल्ला बजारमा रहेको थियाे । स्राेतका अनुसार, हालैको केन्द्रीय कमिटी बैठकमा पनि उपमहासचिव शर्मालाई प्रचण्डले कारबाही गर्न सक्ने चर्चा पनि थियो ।
संगठनमा शक्तिशाली रहेका उपमहासचिव शर्मा पछिल्ला दिनमा भट्टराई, विप्लवसहित सबै माओवादीलाई जोड्नुपर्ने लाइनमा रहेका छन् । त्यसको विरोधमा भने अर्का उपमहासचिव वर्षमान पुन रहेका छन् । अनि, भट्टराईसँग प्रचण्ड पनि पछिल्ला दिनमा नकारात्मक रहेका छन् ।
पार्टी नेतृत्वविरुद्ध पछिल्ला दिनमा निकै प्रश्न उठाएका शर्मालाई कारबाही गर्नुपर्छ भन्ने लाइन पनि सक्रिय थियो । त्यहीकारणले उनी कारबाहीमा पर्न सक्ने चर्चा भएकाे थियो । तर, प्रचण्ड र शर्मावीच एकाएक मिलापको कथा बाहिर आएको छ । उनीहरु कसरी मिले वा के कारणले मिलेका हुन् ? भन्ने चाहिँ खुलेको छैन । तर, बैठकभन्दा अघिसम्म तिक्ततामा रहेका प्रचण्ड र शर्माको मिलनलाई माओवादी नेताहरुले पनि आश्चर्यके रुपमा लिएका छन् ।
बैठककै समयमा प्रचण्ड र शर्मावीच छुट्टै छलफल भएको थियो । उक्त छलफलले उनीहरुवीच युद्धविराम गराएको माओवादी नेताहरुले बताएका छन् । आफूले उठाएका एजेण्डालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने सहमति गरेका कारण विवाद टुंगिएको कमरेड शर्माले बताउने गरेका छन् । उपमहासचिव शर्माहरुको माग चाहिँ विशेष महाधिवेशन गर्ने भन्ने रहेको थियो ।
माओवादीले एक वर्ष भित्र विशेष महाधिवेशन गर्ने निर्णय लिएको छ । पहिला ६ महिना जागरण अभियान सञ्चालन गर्ने अनि विशेष महाधिवेशन गर्ने भन्ने निर्णय गरेको छ । त्यही निर्णयले पनि उपमहासचिव शर्मालाई सहमतिमा ल्याउन सहयोग पुर्याएको चर्चा गरिन्छ ।
त्यसो भएमा प्रचण्ड र शर्माको एक बर्षका लागि युद्ध विराम भएको अर्थमा पनि बुझिएको छ । साथै, महाधिवेशनमा उपमहासचिव शर्माले उठाएका एजेण्डालाई छलफलमा लैजान पनि प्रचण्ड सहमत भएका छन् ।
सोहीकारण पनि शर्मा प्रचण्डसँग सकारात्मक बनेको र विवाद मत्थर भएको मााओवादी नेताहरुको भनाइ रहेकाे पाइन्छ । उनीहरुका अनुसार प्रचण्डले पछिल्ला दिनमा भने शर्मालाई कारबाही गर्ने हिम्मत जुटाएका छैनन् ।
पार्टीभित्र रहेको प्रचण्डको शक्ति खिइँदै गएका कारण प्रचण्ड तत्काल शर्मालाई केही गर्न चाहँदैनन् । माओवादीभित्रै पनि शर्माले पार्टी फुटाएर बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवसँग मिल्ने चर्चा पनि चलाइएको छ ।

यस्तो बेलामा उपमहासचिव शर्माले विप्लवसहितका नेताहरुसँग भेटघाट गरेको घटनाले पनि माओवादीभित्र तरंग भने ल्याएको थियो । शर्मा र विप्लवको सम्बन्ध सुधारका लागि कृष्णबहादुर महराले भूमिका खेलेको चर्चा पनि माओवादीभित्र भइरहेको छ ।
विप्लव एकतामार्फत माओवादीमा आउन खोजिरहेका छन् तर वर्षमान पुनसहितका केही नेताहरु भने विरोधमा देखिएका छन् । उपमहासचिव शर्मा पनि केही समयअघि विरोधमा थिए तर पछिल्ला दिनमा भने विप्लवसँग सम्बन्ध सुधार गरेर निकट हुँदै गएका छन् ।

प्रतिकृया दिनुहोस