• शुक्रबार-पौष-२६-२०८१

विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

 

त्रिवेण (नवलपरासी), २६ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजगर्मा पूर्णरूपमा अवरूद्ध भएको छ । 

 

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किवासस्थित विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्णरूपमा अवरूद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताउनुभयो । 

 

आज साँझ ५ बजेको समयमा पुलको बीच भाग भाँसिएपछि यातायात अवरूद्ध भएको प्रजिअ पोखरेलले बताउनुभयो । पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उहाँले बताउनुभयो । डाइभर्सन निर्माण गरी यातायात सुचारू गर्न केही समय लाग्ने प्रजिअ पोखरेलले बताउनुभयो । 
–––

 

 

प्रतिकृया दिनुहोस