पिकअप गाडी र ट्रयाक्टरसहित दुई चालक प क्रा उ
रौतहट । रौतहट प्रहरीले किटानाशक औषधी बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्रयाक्टरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय गौरबाट खटिएको गस्ती टोलीले गौर नगरपालिका वडा नं.५ सिया होटल नजिकबाट पिकअप र ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
रौतहट प्रहरी निरीक्षक उमा शंकर प्रसादका अनुसार किटानाशक औषधी लोड गरेको ना.२च.७७६१ र गहुँ बोकेको ना.२ त १६५० को ट्रयाक्टरलाइ नियन्त्रणमा लिएको छ । ट्रयाकटर चालक ४५ बर्षका सन्जिव यादव र पिकअप गाडीका चालक ३० बर्षको सुनील यादवलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
गाडीहरुमा लोड सामनहरु र गाडीमा रहेको बिल विजकहरु फरक देखिएको हुँदा नियन्त्रणमा लिएको उनले बताए । उक्त सामानहरु, गाडी र चालकहरुलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व करदाता कार्यलय गौरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यलयबाट खटिएको गस्ती टोलीले गौर नगरपालिका वडा नं ४ बस पार्कबाट एक लाख ६० हजार भन्दा बढीको अवैध सामान बरामद गरेको छ ।
प्रहरीका अनुसार चिनी, मैदा, तिल, तेल लगायतका सामन बरामद भएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि गौर भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिकृया दिनुहोस