न्याय प्रणालीमा विश्वास गर्ने ठाउँ भएको रविको भनाइ
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायलयप्रति विशेष आभार व्यक्त गरेका छन । न्याय प्रणालीमा विश्वास गर्ने ठाउँ भएको उनले उल्लेख गरेका छन । अझै धेरै लडाइँ बाँकी भएकाले पछि बोल्ने समय आए नबोल भने पनि बोल्ने उनले बताए ।
रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई २०८१ पुस २५ गते बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।
न्यायाधीश नीतिज राईको एकल इजलासले आदेश दिए लगत्तै रविले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता खुशी हुँदै नारा बाजी गरेका थिए । काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो ।
रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले पुस २५ गते बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहोस